लोक सेवा र कर्मचारी समायोजनसम्बन्धी मुद्दा हेर्दा हेर्दैमा

पुस २९, काठमाडौँ । करिब ४ महिनादेखि कर्मचारी समायोजन र लोक सेवा आयोगका परीक्षासँग जोडिएका मुद्दाहरू हेर्दाहेर्दैमा राखिएको छ ।

हेर्न नमिल्ने भन्दै करिब चार महिनादेखि पटक पटक स्थगित मुद्दाहरुको आज सर्वोच्च अदालतका न्यायाधिशत्रय सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ शुरु भएको थियो ।

आयोगलाई विपक्षी बनाई दायर २५ वटा रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ बिहीबार(आज)प्रारम्भ गरिएको भएपनि नसकिएले हेर्दा हेर्दैमा राखिएको हो ।