लिपुलेकमा सडक विस्तार गर्ने मोदीको घोषणा

पुस २३, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् ।

मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि एक र्‍यालीमा सम्बोधन गर्दै आफ्नो सरकार राज्यका मानिसको लाभको लागि विकासलाई तिव्रता दिइरहेको बताएका थिए ।

तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडकमार्गसँग जोड्ने काम वञ्चित रह्यो मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ, ‘हामीले न केबल टनकपुर पिथौरागढ अल वेदर रोडमा काम गर्‍यौं । हामीले लिपुलेकमा एक सडक पनि बनाएका छौं र अब वितारको काम भइरहेको छ ।’मानसरोवर र कैलाशसम्म भारतीय नागरिक पुग्न सजिलो हुने भन्दै भारतले लिपुलेकमा सडक चौडा गरिरहेको बीबीसीले जनाएको छ ।