बालबालिकाका लागि २४ लाख मात्रा खोप आइपुग्यो

काठमाडौँ । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोना भाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ ।

यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो क्षमता अनुसार क्रमशः खोप मगाउँदै जाने स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए । यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो

यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए । खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ ।