असार ६ काठमाडौं । सङ्घीय संसद्को दुवै सदनका बैठक आज सोमबार बस्दैछ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ। आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।
कार्यसूची अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्।
यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
यस्तै राट्रियसभाको बैठक पनि आज दिउसो १ बजे बैठक बस्नेछ।