आज बजेट पारित गर्ने तयारी

असार १, काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको   प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक वर्ष २०७९/८०को बजेट पारित गर्ने तयारी छ ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ ।