आईसीसीले हटायो क्यानमाथिको आर्थिक नियन्त्रण

जेठ ३१, काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथिको आर्थिक नियन्त्रण हटाएको छ ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेकाे जनाएको छ ।

यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई आर्थिय नियन्त्रणमा राखेको थियो । तर अहिले त्यो नियन्त्रण पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो ।

कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ