आज मन्त्रिपरिषद्को आकस्मिक बैठक

जेठ ३१ काठमाडौँ । आज साँझ चार बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयका नियमित एजेन्डामाथि छलफल तथा निर्णय गर्दै छ । परिषदको नियमित बैठक सोमबार र विहीवार बस्ने गरेको छ ।

यसबाहेक अन्य केही राजनीतिक र सामान्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ।

आजको बैठकले रिक्त एक सचिव पदमा बढुवासमेत गर्न सक्ने भनिए पनि बढुवा सिफारिस समितिको पूर्ण बैठक बसी नसकेकोले प्रस्ताव नै पेस हुन नसकेपछि आजलाई बढुवा रोकिने भएको छ । सोमबार प्रारम्भिक बैठक बसेको थियो । आज सवा ५ बजे मात्रै पूर्ण बैठक बसी सचिवका लागि सिफारिस गर्नेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव याम कुमारी खतिवडाले अनिवार्य अवकाश लिएसँगै रिक्त भएको उक्त पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वरिष्ठ सहसचिव विनोद प्रकाश सिंह आउनेछन् ।