प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

जेठ २६, काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ । 

बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।