आज पनि संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज पनि

जेठ १३, काठमाडौँ। आज शुक्रबार पनि संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी हुने कार्यसूची रहेको छ ।