काठमाडौँमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा कसको कति

जेठ ९, काठमाडौँ। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँको अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता थप फराकिलो बनाएका छन् । उनले ४३ हजार ८५० मत पाएका छन् ।

नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

काठमाडौँ महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको थियो ।