रेनु दाहालले बनाइन ६५४० मतको अग्रता

जेठ ७, काठमाडौँ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् ।

उनले शनिबार साँझको अध्यावधिक विवरणअनुसार ६५४० मतले अग्रता बताएकी छन् ।

कुल ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।