एमाले र माओवादीबिच चुनावी तालमेलको सहमति, संयुक्त घोषणापत्र जारी गर्ने तयारी

बैशाख १६, काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । 

माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबिच सहमति भएको हो ।

वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् । त्यस्तै नेताहरूबिच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ ।

गाउँपालिका स्तरीय नेताहरूबिच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइनेछ ।

सुनकोसी गाउँपालिकामा नेपाली काँग्रेसबाट श्रवण जिसी उम्मेदवार छन् ।