बैशाख १४, काठमाडौँ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट )

५. मोबाइल सेट

६. रङ्गिन टेलिभिजन (३२ इन्चभन्दा माथि)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शव वाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ ।

यसैगरी वैशाख १३ गतेअघि बैङ्किङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुनेछैन ।