गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा

बैशाख १३,काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ ।

आफू विरुद्ध जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

मङ्गलवार न्यायाधीश सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।