उम्मेदवारी दिँदै व्यञ्जनकारले भने- केजरिवाल मोडेलमा विकास गर्छु

बैशाख १२, काठमाडौं । नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ । सोमवार मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयर उम्मेदवार व्यञ्जनकारले आफूले ललितपुरलाई केजरिवाल मोडेलमा विकास गर्ने बताएका छन् ।

‘भारत दिल्लीका मुख्यमन्त्री केजरिवालले जसरी सरकारी सेवा, स्वास्थ्य, शिक्षालाई माथि उठाए, म पनि त्यही मोडेलमा काम गर्छु,’ उनले भने । यस्तै उनले महानगरपालिकामा एमालेले जित्ने दाबी पनि गरेका छन् ।

‘हामी सिंह हौं, अरू स्याल हुन्,’ उनले भने, ‘हामीसँग जनता छन्, हामी जित्छौँ ।’