सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

बैशाख ११, काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनलाई गत वैशाख १ गते बिहीबार छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

जाँचपश्चात् मूत्र प्रणालीको सङ्क्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।

उनी १० दिनपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जाँचपश्चात् मूत्र प्रणालीको सङ्क्रमण, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएर डिस्चार्ज गरिएको बज्राचार्यले बताए ।