महानगर र उपमहानगरको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै

बैशाख ७, काठमाडौँ । पटक–पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्ता गठबन्धनको भागबन्डा टुङ्ग्याउनका लागि आज फेरि बैठक बस्दै छ ।

आजको बैठकले महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै छ ।

मंगलबार अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ । 

६ महानगरमध्ये तीन वटा काँग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एक वटा दिने सहमति भएको बताइएको छ । त्यस्तै ११ मध्ये ७ वटा उपमहानगर काँग्रेसले राखेर बाँकी चार वटा बाँड्ने सहमति भएको छ ।

आजको बैठकले कुन महानगर र उपमहानगरको उम्मेदवार कुन दलले पाउने भन्ने टुङ्गो लाग्नेछ ।