भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची (विज्ञप्तिसहित)

चैत्र १८, काठमाडौँ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ ।

आज प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ ।

नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रति सिलिन्डर ग्यासमा निगमलाई ९ सय ५३ रुपैयाँ ६६ पैसा घाटा छ ।

यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ ।

निगमले यसअघि २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । नयाँ मूल्य सूचीका आधारमा निगमलाई प्रति महिना करिब १० अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको छ । २०७८/७९ मा मात्रै निगमले ३२ अर्ब रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ ।