प्रधानमन्त्री देउवा आज नुवाकोटमा

फागुन ३० काठमाडोँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज नुवाकोटको दुइवटा गाँउपालिका भवन उद्घाटन गर्न का लागि नुवाकोट जाने कार्याक्रम रहेको छ ।

बिहान ११ बजे हेलिकप्टरबाट नुवाकोटको किस्पाङ् गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नै कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा साथै नेपाली कांग्रेसका पार्टी प्रवक्ता डा प्रकाशशरण महत पनि जादै छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा किस्पाङ् र तादी गाँउपालिकाको प्रशासकीय भवन उद्घाटन गरी जिल्लाका नेता तथा कार्यकर्ताहरुलाइ सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ ।