एमसीसीमाथि छलफल सुरु भएपछि एमाले सांसदले नाराबाजी गर्न बिर्सिए

फागुन १५, काठमाडौं । एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएका हुन् ।

सोही क्रममा आइतबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजीका बीच सभामुख सापकोटाले एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु गराए । छलफलमा भाग लिँदै विभिन्न राजनीतिक दलका सांसदहरूले बोल्दै जाँदा नाराबाजी गरिरहेका एमाले सांसद पनि सम्बोधनलाई ध्यान दिएर सुन्न थाले ।

जसपा सांसद बाबुराम भट्टराईले सम्बोधन गर्न आइपुग्दा एमालेका अधिकांश सांसदले नाराबाजी गर्न नै भुले, उनीहरू मग्न भएर सम्बोधन सुन्न थाले भने केही सांसदमा आपसमा कुराकानी गर्न थाले । अहिले पनि एकाध सांसदले मात्र नाराबाजी गरिरहेका छन् । उनीहरूले मसिनाे स्वरमा नाराबाजी गरिरहेका छन् ।

आइतबारबाट एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । तर, एमालेले आधिकारिक रूपमा एमसीसीबारे धारणा सार्वजनिक गरेको छैन । यद्यपि, एमाले सांसद भीम रावलले भने सैद्धान्तिक छलफलमा भाग लिएर एमसीसी राष्ट्रहितविपरीत रहेकाले अस्वीकार गर्नुपर्नेमा जोड दिए । न्युज कारखाना