काङ्ग्रेसबाट को को पुगे देउवा-ओली बालकोट भेटमा

फागुन १३, काठमाडौँ । बालकोटमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बैठक जारी छ ।

शुक्रवार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका शीर्ष नेताहरूको बैठकमा देउवातर्फ पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।

सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग छलफल पछि पार्टीको आन्तरिक छलफल सकेर देउवा ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् ।