जसपाको बैठक आज बस्दै

फागुन १३, काठमाडौं। लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

वालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ ।

‘आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको बिद्यान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्, समसामयिक राजनीतिक बिषयमा पनि छलफल हुने जनाईएको छ । पार्टी विभाजन भए पछि केन्द्रिय बिभाग देखी अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुने जनाईएको छ। 

यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रिय कार्यालयमा हुन लागेको हो ।