प्रतिनिधि सभाको बैठक बस्दै

फागुन ६, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

शुक्रवार (आज)को बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी शुक्रवार (आज) टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।

सहमतिको प्रयासमा शुक्रवार (आज) बिहान ९ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । (बिहिवार) हिजो बसेको गठबन्धनको बैठक निष्कर्ष विहीन भएको थियो ।