को-को सहभागी छन् गठबन्धन बैठकमा

फागुन ५, काठमाडौं । सत्तापक्षीय गठबन्धनको निर्णायक बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कांग्रेसको तर्फबाट सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, सहभगी छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी छन् । जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ सहभागी छन्।