प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

फागुन ५, काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज २:३० बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकले एमसीसीलगायत मन्त्रालयका नियमित प्रस्ताबसंगै केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

आजको बैठकले एक जना वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ ।