एमाले संसदीय दलको बैठक ११ बजे 

फागुन २, काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक सोमबार (आज) बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।