सारियो प्रतिनिधि सभाको बैठक(सुचनासहित)

 फागुन१, काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो ।

यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।