प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव

फागुन १, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । आज सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले प्रस्ताव दर्ता गराएका हुन् । 

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिए। जबराविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए।

‘अहिले हामी सभामुखको कार्यकक्षमा छौं,’ उनले भने।

महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन्। संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा पर्छन्।