आजदेखि मौसम सफा हुने

माघ २९, काठमाडौं । आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

अहिलेसम्मको अनुमानका आधारमा करिब एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना देखिएको छैन । 

देशमा कतै छिटपुट पानी परेपनि एक सातासम्म उल्लेखनीय वर्षा र हिमपात गराउने मौसम प्रणाली विकासको सम्भावना नभएको मौसमविद्ले जानकारी गराए भने।