कमल थापालाई पार्टीमा फर्किन पशुपति शम्शेर जबराको आग्रह

माघ २८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताएका छन् । साथै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गरे ।

बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेको गुनासो गरे ।

उनले भने, सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’

तीनै चरणको निर्वाचनमा गम्भीर भएर सोच्नुपर्ने भन्दै उनले थापालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् ।