माघ २५, काठमाडौँ । बुधवारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना जारी गर्दै फागुन २ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।
सूचनामा भनिएको छ, ‘माघ २६ गते बुधवार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम फागुन २ गते सोमबार दिउँसो १ बजे बस्ने व्यवहोरा सूचना प्रकाशित गरिएको छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएकोमा सभामुखले माहौल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहेका छन् ।
यसअघि माघ १६ आह्वान गरिएको बैठक कोरोनाका कारण भन्दै स्थगित भएको थियो ।