प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक (कार्यसूचीसहित)

माघ २५, काठमाडौँ । भोलि (बुधबार) बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

भोलिको बैठकमा एमसिसी पेस हुन सक्ने ठानिएका बेला संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने र शोक प्रस्ताव पारित गर्ने मात्रै छ ।

सङ्घीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसिसी भने राखिएको छैन ।