माघ २३ , काठमाडौँ । उपत्यकामा जारी यातायातको जोरबिजोर प्रणाली सोमबार(माघ २४) देखि हट्ने भएको छ ।
उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को आइतबार बसेको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
सीसीयमसीको सिफारिसअनुसार सोमबारबाट जोरबिजोर हट्ने निर्णय गरेको र फागुन १ गतेबाट विद्यालयसमेत खुल्ने जनाइएको छ ।
