उपत्यकाका तिन सिडिओहरूको बैठक बस्दै

माघ २३, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) छलफल गर्न बैठक बस्ने भएका छन् ।

बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै जिल्लाका सिडिओहरू सहभागी भई आदेश जारी गर्ने जनाइएको छ ।

उपत्यकामा निजी सवारीसाधनमा लागु जोरबिजोर प्रणाली, शैक्षिक संस्थाहरू लगायतका विषयमा छलफल हुने जनाईएको छ।

सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।