नेकपा (माओवादी केन्द्र)काअध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जली

माघ १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।