उपत्यकाभित्र जोर-बिजोर हट्ने

माघ १४, काठमाडौं । उपत्यकाभित्र यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हट्ने भएको छ । जोर बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन लागिएको हो ।

आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जोर बिजोर प्रणाली हटाउने निर्णय लिन लागिएको बुझिएको छ । जोर बिजोर प्रणालीले यातायात अभाव भई झन् समस्या ल्याएको छ ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि उपत्यकामा ७ माघबाट जोर बिजोर प्रणाली लागू गरिएको थियो । यसले दैनिक जनजीवन प्रभावित भएको छ ।