निर्वाचन आयोगले बोलायो कानून मन्त्रालयलाई 

माघ १४, काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानूनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो ।

निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन । बरु सरकारले केही कानून संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ । त्यसबारे कानून मन्त्रालयले महान्यायाधिवक्ता लगायतसँग छलफल गरिसकेको छ ।