प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

माघ १४, काठमाडौँ । नेपाल बार एसोसिएसनको लगातारको आन्दोलनका बिच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दोस्रो पटक आज (शुक्रबार) का लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

यसअघि पुस ६मा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक सङ्ख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।