केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न काँग्रेसले बोलायो भर्चुअल बैठक

माघ १३, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकोछ । शुक्रबार दिउँसो तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

उनले बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई आमन्त्रण गरिएको र केन्द्रीय कार्यसमिति गठनका सन्दर्भमा बैठक बस्ने जानकारी दिए ।