चार दिनमा १४३.९ अङ्कले घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

माघ १२, काठमाडौं । पछिल्लो ४ कारोबार दिनमा नेप्से सूचक १४३.९ घटेको छ। आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ ।

बुधबार पनि नेप्से सूचक ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक पनि ६.५६ अंकले घटेको छ। 

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ। ८ अर्ब माथि पुगेको कारोबार रकम ४ अर्ब रुपैयाँमा झरेको छ। मंगलबार पाँच अर्ब माथिको शेयर कारोबार भएकोमा बुधबार ४ अर्ब ३१ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। यस दिन ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ।