माघ १२, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको कुरा भट्टराईले आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
उनले लेखेका छन्–‘सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! लक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।’