प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण

माघ ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार भैरहेको छ ।

पारिवारिक स्रोतका अनुसार तीन दिनदेखि अस्पतालमा भर्ना भएकी उनमा निमोनियासमेत देखिएको छ ।