प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

माघ७ , काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बोलाइएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ ।