प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

माघ ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा आफ्नो सरकारले गरेका काम/कारबाहीबारे पनि जानकारी गराउने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।