देउवा, प्रचण्ड र नेपालबीच भेट : समन्वय समितिको बैठक बोलाइयो

माघ ६ काठमाडौं । राजनीतिक समन्वय समितिको बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 
बिहीबार देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

भेटवार्ताले शुक्रबार ४ बजे राजनीतिक समन्वय समितिको बैठक तय गरेको स्रोतले जानकारी दियो ।  बिहीबारका लागि बोलाइएको समन्वय समितिको बैठक भने स्थगित भएको थियो ।