जहाज भित्रै बेहोस

माघ ६, काठमाडौं । काठमाडौंबाट नेपालगञ्जको उडानका क्रममा एक जना महिला बेहोस भएकी छन् । विहिबार विहान काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज भित्रै महिला यात्रु बेहोस भएकी हुन् ।

मध्य पश्चिमतर्फको मौसम खराब भएका कारण जहाजले झन्डै आघा घण्टा आकाशमा फन्को लगाई रहेको समयमा महिला आत्तिएर बेहोस भएको बताईएको छ । जहाज अवतरण पश्चात महिलालाई राँझास्थित नेपाली सेनाको अस्पतालमा लगिएको छ र हाल उनको अवस्थामा सामान्य रहेको छ ।