बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

माघ ६ काठमाडौं । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ।

संयोजक रामचन्द्र पौडेलसहित सत्तागठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बैठकमा सहभागी हुनेछन्।

आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।

दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।