वैशाखमा बिहे गर्ने रेखाको तयारी

माघ ५ काठमाडौं ।नेपाली चलचित्र क्षेत्रमा स्टारडमको पर्यावाची बनेकी नायिका हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा २ दशक अगाडि चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न सफल भइन् । ‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरोे मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले आफ्नै स्टारडमकोे बलमा हिट बनाइन् । नायकले नायिका जन्माउने योे क्षेत्रमा रेखाले भने नायकहरुलाई यो क्षेत्रमा जन्म दिइन् ।

रेखाले करिअर अगाडि बढाउँदै गर्दा उनकोे बिहे निर्माता छविराज ओझासँग भयोे । छविसँग एक दशक वैवाहिक जीवनमा बाँधिएकी रेखाले एक दशक अगाडि नै पारापाचुके गरेर मित्रपार्ककोे अपार्टमेन्टमा बस्दै आएकी छिन् ।

हुनत, रेखाको नाम चलचित्र क्षेत्रमा विभिन्न नायकहरुसँग नजोडिएको होइन । तर, ती सबै चलचित्र चलाउने फन्डा मात्र थिए भनेर वुझ्न गाह्रो छैन ।

रेखाले भने आउँदो साल आफूले बिहे गर्ने जवाफ मात्र दिदै आएकी छिन् । उनले, बिहेको प्रश्नलाई टार्न यस्तो जवाफ दिने गरेको पनि बताउँछिन् । रेखाले बिहे भव्य रुपमा नगर्ने सोच बनाएकी छिन् । रेखा निकट श्रोतका अनुसार, उनी सामान्य तरिकाले बिहे गरेर मिडियालाई र दर्शकलाई यसको बारेमा जानकारी दिने सोचमा छिन् ।

बिहे तामझामका साथ गर्न हुँदैन भन्ने सोेच राख्ने रेखाले योे बिषयमा सचेतना पनि जगाउँदै आएकी छिन् । यसैले, आफ्नो बिहे पनि भव्य रुपमा गर्दा गलत सन्देश जाने रेखाको वुझाई छ ।

कोरोना महामारी लम्बिदै गएको अवस्थाले गर्दा पनि चलचित्रको काम अगाडि बढ्न सकेको छैन । यसैले, रेखा वैशाखमा बिहे गरेर जीवनलाई नयाँ ढंगले अगाडि बढाउने सोेचमा छिन् । यसपछि, करिअरलाई पनि अगाडि बढाउन सहज हुने उनको वुझाई छ । तर, रेखाले भने बिहे हुने पक्का नभएको बताउँदै आएकी छिन् । तर, बिहेको बारेमा भने आफूले सोचिरहेको उनको भनाई छ ।