पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

५ माघ, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेस्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेस्ट गर्दा १ हजार ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौँ उपत्यकाका छन्, जसमा काठमाडौँका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।