प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण देखिएको छ।कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टिमा बसेका देउवालाई आज कोरोना पोजेटिभ देखिएको छ।

‘उहाँ केही दिनदेखि घरमै क्वारेन्टिनमा बस्नुभएको थियो, परीक्षण गर्दा उहाँलाई कोरोना पोजेटिभ देखिएको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो |